arrow

हाउस अफ लर्ड्सको पार्टीमा बेलायती हिन्दू गुरुका प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
hindu-uk-nithyananda.jpg

काठमाडौं । भारतीय हिन्दू गुरुका बेलायती प्रतिनिधिले यस वर्षको शुरुमा बेलायतको माथिल्लो सदन अर्थात् हाउस अफ लर्ड्समा दिपावलीको समयमा एक ग्लैमरस पार्टीमा भाग लिएका थिए । दुई वरिष्ठ कन्जरभेटिभहरूको आमन्त्रणमा उनी सो पार्टीमा सहभागी भएको पाइएको हो ।

नित्यानन्द भनेर चिनिने विवादास्पद गुरुका लागि बेलायती प्रतिनिधि आत्मदयालाई सांसद बब ब्ल्याकम्यान र पियर रामी रेन्जरले कार्यक्रममा निमन्त्रणा दिएका थिए । 

नित्यानन्दको संस्थाले सहभागीहरूलाई आफ्नो जानकारीसहितको ब्रोसरमा पनि बाँडेको थियो । नित्यानन्दमाथि सन् २०१९ मा बालबालिकालाई अपहरण गरेको र एक जना अनुयायीलाई बलात्कार गरेको आरोप छ । यो विषयलाई लिएर केहीले सो पार्टीमा उनको सहभागीलाई लिएर विरोध जनाएका छन् ।

हाल नित्यानन्दले 'कैलासा गणतन्त्र (kailasa)' भनेर विश्वभरका हिन्दूहरुलाई समेट्ने एक सीमारहित देशको स्थापना दाबी गरेका छन् ।

भारतमा एक दर्जन भन्दा बढी मन्दिर र आश्रमहरू चलाउने नित्यानन्दले हिन्दू धर्माबलम्बीहरु माझ आफ्नो राम्रो अनुयायीहरु बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ