arrow

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
gagan-thapa-budget-parliament.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै पार्टीभित्र यसबारेमा कुनै छलफल र निर्णय नभएको भन्दै हिजोका दिनमा पार्टीको भएको अडान यथावत् रहेको उल्लेख गरेका छन् । 

उनले यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबलेसमेत गलत भएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् । 

उनले लेखेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ