arrow

टाटा मोटर्सले गर्‍यो इन्जिन क्येर क्याम्पको शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
tata-moters-servicing.jpg

काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरेको छ। सोमबार टाटा मोटर्स कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच उक्त क्याम्पको शुभारम्भ गरेका हुन्।

सिप्रदी टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्धेश्यले उक्त क्याम्प आयोजना गरिएको बताइएको छ।

क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५  देखि कम्पनीले तोकिएका पार्टस्हरुमा ५० प्रतिशत सम्मको छुट, ल्युव्रिकेन्टमा २० प्रतिशत छुट, लेबर चार्जमा २५ प्रतिशत छुट तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पुस १५ गते सम्म उक्त क्याम्प संचालनमा रहने कम्पनीले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ