arrow

भारत र चीनका सेनाबीच भिडन्त, छ भारतीय घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
india-china-galwan-valley-clash-2021.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचे भिडन्त भएको छ । गत शुक्रबार डिसेम्बर ९ मा  भएको छोटो आमनेसामनेले दुवै पक्षका सेनालाई  सामान्य चोटपटक लागेको  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ दुई सय सैनिक घुसपैठ गर्न खोजेपछि झडप भएको जनाइएको छ । समयमै भारतीय सैनिक पनि तयार देखिएपछि ठूलो घटना हुन नपाएको जनाइएको छ । 

उक्त झडपमा ६ भारतीय सैनिक जवान घाइते भएको र उनीहरुलाई गुवाहटीको आर्मी अस्पतालमा भर्ना गराइएको जनाइएको छ । 

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए । 

सन् २००६ देखि भारत र चीनबीच उक्त क्षेत्रमा तनाव हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ