arrow

संक्रामक रोग विज्ञ फौसीमाथि एलन मस्कको आक्रमण खतरनाक: ह्वाइट हाउस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
elon_musk.png

काठमाडौं । ह्वाइट हाउसले सोमबार अर्बपति एलन मस्कले अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फौसीमाथि गरेको टिप्पणीमाथि खेद प्रकट गरेको छ । 

कोभिड १९ को महामारीलाई उनले ह्यान्डल गरेको विषयलाई लिएर मस्कले गरेको टिप्पणीलाई लिएर ह्वाइट हाउसकी प्रवक्ता करिन जीन पियरले भनेकी छन्, 'अविश्वसनीय खतरनाक छन्, यी व्यक्तिगत आक्रमणहरू जुन हामीले देखिरहेका छौं ।'

मस्कको टिप्पणी घृणित र वास्तविकता भन्दा पररहेको उनको भनाइ छ ।

ट्विटरका मालिक मस्कले आइतबार फौसीलाई सजाय दिन आग्रह गर्दै ठट्टामा भनेका थिए, 'मेरो सर्वनामहरू अभियोजन र फौसी हुन् ।'

यस्तै मस्कले फौसीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई 'केवल एउटा थप लकडाउन, मेरो राजा', भन्दै गरेको एक मेम (हास्य पोस्ट) शेयर गरेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत कन्जरभेटिभहरूले फौसीलाई कोभिडसँग लड्न सरकारी अभियानको आलोचनाको केन्द्रबिन्दु बनाएका छन् ।

उनले मृत्युको धम्कीको समेत सामना गरेका छन् र उनको सुरक्षाको लागि सुरक्षा टोली खटाइएको छ। 'हामीले देखिरहेका यी व्यक्तिगत आक्रमणहरू डा. फौसी र अन्य जनस्वास्थ्य पेशेवरहरूमा पनि खतरनाक छन्,' जीन पियरले भनेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ