टाटा मोटर्सका कारमा एसयूभीको सर्भिस सिप्रदीको नैकापबाट पनि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
988
Shares
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले अब नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) शुरुआत गर्ने भएको छ ।
कम्पनी भन्छ, ‘पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरुलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कशप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको हो ।’
यस अन्तर्गत आईसी इन्जिन भएका (इन्धनबाट संचालन हुने) मात्र नभई विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ । त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भइसकेको जनाइएको छ ।
कम्पनीका अनुसार टाटा ब्राण्डका ईभीहरुको नेपालमा लोकप्रियताको बढोत्तरीसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरुमा यस गाडीको लागि आवश्यक पूर्वाधार विकास गरिरहेको छ ।
सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरु बाट उच्चस्तरीय सेवा– सुविधा प्रदान गर्दै आइरहेको छ ।