- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठामाडौं । संयुक्त राज्य अमेरिकाले किभको अत्यावश्यक अनुरोधपछि युक्रेनमा आफ्नो परिष्कृत प्याट्रियट एयर डिफेन्स प्रणाली पठाउने योजनालाई अन्तिम रूप दिन थालेको छ ।
युक्रेनी ऊर्जा पूर्वाधारलाई ध्वस्त पार्ने र लाखौंलाई हिउँदमा चिसोको सामना गर्ने स्थितीमा पुर्याउने रूसी क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न किभले बलियो वायु रक्षा प्रणाली चाहिएको बताएको छ ।
वाशिंगटनले बिहीबार नै प्याट्रियटको बारेमा निर्णय घोषणा गर्न सक्ने रोयटर्स र एसोसिएटेड प्रेस समाचार एजेन्सीहरूले मंगलबार अमेरिकी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार पश्चिमी नेताहरूलाई आफ्नो देशलाई थप उन्नत हतियार उपलब्ध गराउन दबाब दिएका थिए। प्याट्रियट पश्चिमले युक्रेनलाई प्रदान गरेको सबैभन्दा उन्नत सतहबाट हावामा मार हान्न सक्ने मिसाइल प्रणाली हुनेछ।
प्याट्रियट वायु रक्षा क्षमता प्राप्त गर्नु कीभको लागि धेरै, धेरै महत्त्वपूर्ण हुने सेवानिवृत्त सेना लेफ्टिनेन्ट कर्णेल र ह्वाइट हाउसमा कुनै बेला युक्रेन नीति प्रमुख रहेका अलेक्ज्याण्डर विन्डम्यानले भनेका छन् ।
'यिनीहरू युक्रेनीहरूका धेरै फरक चुनौतीहरूको सामना गर्न सक्षम हुनेछन्, विशेष गरी यदि रूसीहरूले छोटो दूरीको ब्यालिस्टिक मिसाइलहरू ल्याए भने,' उनले अघि भनेका छन् ।