arrow

टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
tata-motors-camp-.jpg

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो नैकापस्थित कार्यालयमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । 

टाटाले यही पुस १, २ र ३ गते बिहान १० देखि साँझ ५ बजेसम्म टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको जनाएको हो । 

टाटाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालवाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ भने जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडी सँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिनेछ ।’

टाटा अगाडि लेख्छ, ‘बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौती भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत् ५० प्रतिशतको सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्गहरु उत्साहित हुने विश्वास लिइएको छ । यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले १ निःशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन् ।’

यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सुन्तुष्ट परिवारको वृहत संजालमा समावेश हुन चाहने ग्राहकका लागि एक्चेन्जको पनि व्यवस्था गरिएको जनाइएको छ । 

यसमा ग्राहकहरुले जुनसुकै ब्राण्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्ने पनि टाटाले जानकारी दिँदै भनेको छ, ‘भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सक्नुहुनेछ । यस क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् भने हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्ने छन् । यसका साथै ग्राहकहरुको मनोरंजनका लागि अन्य आकर्षहरु पनि राखिएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ