arrow

विश्वको दोस्रो ठूलो तामा उत्पादक पेरुमा संकट, देशव्यापी आपतकाल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
peru-political-crisis (1).jpg

काठमाडौं । पेरुले बुधबार राष्ट्रव्यापी आपतकालीन अवस्थाको घोषणा गर्दै प्रहरीलाई विशेष शक्ति प्रदान गरेको छ । अन्य प्रदर्शन, भेलालगायतका स्वतन्त्र अधिकारहरु सीमित गरेको छ ।

एक हप्तादेखिको भयानक ठूलो विरोध प्रदर्शनमा कम्तीमा आठ जनाको मृत्यु भएपछि पेरुले राष्ट्रव्यापी आपतकालको घोषणा गरेको हो । यससँगै सम्पूर्ण देशमा स्वतन्त्र रूपमा भेला हुने र आवतजावत गर्ने अधिकार समाप्त भएको छ । क्रिसमसको बिदाको ठीक अघि जब मानिसहरू सामान्यतया परिवारलाई भेट्न व्यापक रूपमा यात्रा गर्छन्, त्यस्तो बेला आपतकाल घोषणा भएको छ ।

उक्त घोषणापत्रले प्रहरीलाई अनुमति वा न्यायिक आदेश बिना मानिसको घरमा खोजी गर्न पनि अधिकार दिएको छ । यसभन्दा बढी रातको कर्फ्यूसमेत लागु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

डिसेम्बर ७ मा महाभियोगको मतदानमा पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई पदच्युत गरेपछि विरोध प्रदर्शन शुरु भएको थियो। २०२१ मा निर्वाचित वामपन्थी नेता क्यास्टिलोले एन्डियन राष्ट्रको संसदलाई अवैध रूपमा भंग गर्ने प्रयास गरेपछि उनलाई गिरफ्तार गरिएको थियो ।

विश्वको दोस्रो ठूलो तामा उत्पादक देशले हालैका वर्षहरुमा सामना गरिरहेको राजनीतिक संकटको पछिल्लो  श्रृंखला हो ।

अभियोजकहरूले बुधबार उनीहरूले विद्रोह र षड्यन्त्रको आरोपमा कास्टिलोको लागि १८ महिना पूर्व हिरासत खोजिरहेको बताएका छन् । पेरुको सर्वोच्च अदालतले अनुरोधलाई विचार गर्न बैठक गरेको थियो तर, सो सत्र बिहीबारसम्मका लागि स्थगीत भएको थियो ।

क्यास्टिलोकी पूर्व उपराष्ट्रपति डिना बोलुअर्टेले उनी पदबाट हटाइएपछि पदमा सपथ लिएकी छिन् । पेरुले अहिले ३० दिनका लागि राष्ट्रव्यापी आपतकाल घोषणा गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ