arrow

केपी ओली, गगन थापा र विश्वप्रकाश शर्मा पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
ko-gagan-bishwo.jpg

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् ।

पोखरामा आयोजित दशौं नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन उनीहरु पोखरा आउने भएका हुन् । कार्यक्रम पुस ६ देखि ११ गतेसम्म पोखरास्थित बाराहीघाटमा आयोजना हुँदैछ । 

फेस्टिभलमा एमाले अध्यक्ष ओलीले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् ।

यस्तै, कांग्रेस महामन्त्री थापा फेस्टिभलका दुई सत्रमा वक्ताकारुपमा रहने आयोजक बुकवर्म फाउन्डेशनले जनाएको छ । 

महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् ।

यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेशनले बताएको छ । 

यसैगरी अर्का महामन्त्री शर्मा ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा सहभागी हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ