केपी ओली, गगन थापा र विश्वप्रकाश शर्मा पोखरा आउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
1k
Shares
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् ।
पोखरामा आयोजित दशौं नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन उनीहरु पोखरा आउने भएका हुन् । कार्यक्रम पुस ६ देखि ११ गतेसम्म पोखरास्थित बाराहीघाटमा आयोजना हुँदैछ ।
फेस्टिभलमा एमाले अध्यक्ष ओलीले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् ।
यस्तै, कांग्रेस महामन्त्री थापा फेस्टिभलका दुई सत्रमा वक्ताकारुपमा रहने आयोजक बुकवर्म फाउन्डेशनले जनाएको छ ।