arrow

बेलायतको इतिहासमै पहिलो पटक दशौं हजार नर्स हडतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
uk-nurse-strike-uk-nurse.jpg

काठमाडौं । दशौं हजार नर्सहरूले बिहीबार इङ्गल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा हड्ताल थालेका छन् । यो बेलायती राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमै पहिलो पटक यस सेवा क्षेत्रमा उत्पन्न सबैभन्दा ठूलो संकट हो ।

बिहीबार नर्सहरूले तलब वृद्धिको माग गर्दै वाकआउट गर्ने दुई दिने हड्तालको पहिलो दिनमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म तीनै देशका अस्पताल र अन्य हेरचार गर्ने ठाउँहरुमा काम गर्न जाने छैनन् ।

नर्सहरुको यो ठूलो हडतालले नयाँ बिरामी भर्ना र आन्तरिक बिरामीहरुको उपचारमा बाधा आउने छ । तथापि अत्यावश्यक र जीवन बचाउने सेवाहरू पूर्ण रूपमा कर्मचारी रहनेछन् । तर धेरै अत्यावश्यक सेवाहरूका लागि क्रिसमसको दिन वा रातभर ड्युटीमा निकै थोरै संख्यामा नर्सहरू रहनेछन् ।

आपतकालीन विभागमा रहेका कम गम्भीर बिरामीहरुलाई केही समय पर्खिन भनिएको छ ।

रोयल कलेज अफ नर्सिङ (आरसीएन)का सदस्यहरूले यस वर्षको मुद्रास्फीति ५ प्रतिशत माथिको तलब वृद्धि र कम्तिमा १,४०० पाउण्ड (जुन करिब ४ प्रतिशत हुनजान्छ) वृद्धि गर्ने सरकारको निर्णयको विरोधमा हड्ताल गरिरहेका हुन् ।

यस्तै अर्काे विरोध प्रदर्शन २० डिसेम्बरमा पनि हुनेछ । रोयल कलेज अफ नर्सिङ (आरसीएन)का प्रमुख प्याट कुलेनले भनेका छन्,'यो नर्सिङका लागि दुखद दिन हो, बिरामीहरूका लागि यो दुखद दिन हो।'

आरसीएनले १९ प्रतिशत तलब वृद्धिको माग राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ