arrow

पूर्व राष्ट्रपतिलाई १८ महिना जेलमा राख्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
peru-pedro-castillo.jpg

काठमाडौं । पेरुका न्यायाधीशहरूले पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई विद्रोह र षड्यन्त्रको आरोपमा १८ महिनाको लागि हिरासतमा राख्न आदेश दिएका छन् । उनले संसद भङ्ग गर्ने र डिक्रीद्वारा शासन गर्ने प्रयास गरेका थिए ।

यसै विषयमा पेरुमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । सर्वोच्च अदालतको न्यायिक प्यानलले क्यास्टिलोको लागि बयान पूर्व हिरासतको अवधि बढाउन आदेश दिएको हो । किनभने अभियोजकहरूले उनी विरुद्धको आपराधिक आरोपहरूमा अनुसन्धान जारी राखेका छन्।

उनलाई हिरासतमा राखिएको जेलबाहिर प्रदर्शनकारीहरू भेला भएका छन् । नयाँ राष्ट्रपति डिना बोल्वार्टेको आलोचना गर्ने ब्यानर बोकेका उनीहरूले संसद भङ्ग गर्न माग गरिरहेका छन् ।

पेरुमा मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयको मिसनले एक विज्ञप्तिमा भनेको छ। 'हामी पेरुमा बढ्दो हिंसाप्रति हाम्रो गम्भीर चिन्ता व्यक्त गर्दछौँ र १५ जनाको मृत्यु भएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौँ।' यसले थप हिंसा रोक्न शान्तिपूर्ण विरोधलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र मापदण्डहरू लागू गर्न आग्रह गरेको छ।

पेरुको दक्षिणी एन्डिजमा रहेको अयाकुचोमा रहेको स्थानीय स्वास्थ्य प्राधिकरणले बिहीबार उक्त क्षेत्रमा सात जनाको मृत्यु भएको र ५२ जना घाइते भएको पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ