arrow

शक्तिशाली भूकम्प गयो टेक्सासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
earthquake-final.jpeg

न्यूयोर्क । अमेरिकाको टेक्सासमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

भूकम्प लगत्तै परकम्पन गएको थियो । भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।

‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट ग¥यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ