arrow

सात वटै प्रदेशमा १० वर्षभित्र केबलकार बनाउने चन्द्र ढकालको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
chandra-dhakal-fncci-chandragiri-hills.jpg

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सात वटै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केबलकार सञ्चालनमा आउने पनि जानकारी दिए । ‘बुटवलमा बनिरहेको केबलकार तीन महिनाभित्रै सञ्चालनमा आउँछ’ उनले भने ।

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केबलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए । दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केबलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।

ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरूको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिरसमेत निर्माण गरिने बताए ।

नेपालमा अहिले विशेषगरी चार वटा स्थानमा केबलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो ।

चितवनको कुरिनटारको चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केबलकारबाट प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजन मनकामना पुग्ने गर्छन् ।

मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केबलकार हो, चन्द्रगिरी केबलकार । उपत्यकाभित्रै निर्माण भएको केबलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ