arrow

रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो आक्रमण गर्‍यो, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर – फाइल ।

किभ । रुसले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध शुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ । आक्रमणपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ । कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् । 

एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेका पश्चिमी सहयोगीहरूलाई किभलाई थप र राम्रो वायु रक्षा प्रणालीहरू आपूर्ति गर्न आग्रह गरे ।

फेब्रुवरी २४ मा शुरु भएको हमलाको अवसर पारेर मस्कोले अर्को वर्षको शुरुमा नयाँ आक्रमणको योजना बनाएको छ युक्रेनले अनुमान गरेको छ । झन्डै १ वर्ष लामो युद्धमा युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र हमला भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ