arrow

भारतमा परमाणु बम खसाल्ने पाकिस्तानी महिला मन्त्रीको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
shazia-marri-pakistani-minister.jpg

काठमाडौं । पाकिस्तानी मन्त्री शाजिया मर्रीले भारतमा परमाणु बम खसाल्ने धम्की दिएकी छिन् । उनले परमाणु बम चुप लागेर बस्नका लागि नबनाएको भन्दै परमाणु हमला गर्ने धम्की दिएकी हुन् । 

भारतमा पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टोको भनाइलाई लिएर आलोचना भइरहँदा मन्त्री शादियाले झन् नूनचूक छर्किने प्रयास गरेकी हुन् । 

उनले पत्रकार सम्मेलनमै भनेकी छिन्, ‘पाकिस्तान जवाफ दिन जान्दछ । पाकिस्तान त्यस्तो देश हैन जसले एक थप्पडको नतिजामा दोस्रो गाला अगाडि गर्छ ।’

उनले भारतका तर्फबाट कुनै अग्रसरता देखाइए त्यसको जवाफ दिइने बताइन् । उनले भनिन्, ‘मैले कयौँ फोरममा मोदी सरकारले पठाएका प्रतिनिधिसँग मुलाबला गरेकी छु ।’

उनले अगाडि धम्की दिँदै भनिन्, ‘भारतले यो भुल्नु हुँदैन कि पाकिस्तानसँग परमाणु बम छ । हाम्रो आणविक स्थिति चुप रहनका लागि हैन । जरुरत पर्दा हामी पछि हट्दैनौं ।’

यसअघि विदेशमन्त्री भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गुजरातका कसाइ’ भनेसँगै भारतमा पाकिस्तानको चर्को आलोचना भइरहेको छ ।

उनले गत बिहीबार विवादित बयान दिने क्रममा ‘ओसामा बिन लादेन त मारिए तर गुजरातका कसाइ अझै ज्यूँदै छन् उनी भारतका प्रधानमन्त्री हुन्’ भनेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ