arrow

नयाँ सरकार गठनका लागि चिनियाँ सक्रियता बढ्दो, वामपार्टीसँग राप्रपा जोडेर सरकार बनाउन दौडधूप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
china-flag.png
तस्बिर – फाइल ।

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले राजनीतिक दलका नेताहरुसँग सम्पर्क बढाएका छन् । उनले शुक्रबार एमाले महासचिव शंकर पोखरेल, माओवादीका नेता शक्ति बस्नेत र शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको दाबी गरिएको छ । 

यद्यपि उनीहरुले यो विषयमा केही बोलेका छैनन् ।  ‘वाङले समय लिएको भन्ने सुनेको थिएँ, भेटघाट भयो होला’, माओवादी नेता बस्नेत निकट रहेका एक नेताले भने । 

वामगठबन्धनको सरकार बन्ने चर्चा चलिरहेका बेला चिनियाँ दूतावासका अधिकारीहरुले राजनीतिक भेटघाट शुरु गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार दूतावासका अधिकारीहरुले शुक्रबार र शनिबार राजनीतिक दलका नेताहरुलाई भेटघाट गरेको भए पनि त्यो कुरा सार्वजनिक गरेका छैनन् । 

उनीहरुले संसदमा दोस्रो ठूलो दल रहेको नेकपा एमाले र तेस्रो ठूलो दल बनेको माओवादीका नेताहरुलाई एक ठाउँमा राखेर सरकार बनाउने प्रयास गरिरहेका छन् । 

त्यसैगरी एमालेसँग सहकार्य गरेको राप्रपालाई पनि नजिक राख्न खोजेको स्रोतको दाबी छ । प्रतिनिधिसभा निर्वाचनमा १४ सिट जितेको राप्रपा अध्यक्ष लिङ्देनसँग डीसीएम वाङ सीङले सत्ता समीकरणबारे चासो राखेको स्रोतको दाबी छ । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एमाले अध्यक्षसँग भेटघाट गरिरहेका बेला सोही पार्टीका प्रवक्ता मुकुल ढकालले पनि शनिबार भारतीय दूतावासका अधिकारीहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ । 

ढकालले राजदूतावासका राजनीतिक डेस्क चिफ प्रसन्न श्रीवास्तव र भारतीय खुफिया एजेन्सी रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागरसँग भेटघाट गरेका थिए । लामिछानेको पार्टीले सरकार जाने रहर गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ