arrow

नेक्सन ईभीले काठमाडौंमै ३४७ किमीसम्म रेन्ज निकाल्न सफल (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
EV Line-up.JPG

काठमाडौं। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ पहिलो भए भने ३३२ किमी रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो भए। त्यसैगरी ३२१ किमी रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये १४ जनाले ३०० किमी रेन्ज भन्दा बढी निकाल्न सकेका थिए । 



यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाइ अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ इञ्चको सामसुङ स्मार्ट एलइडी टीभी जितेका छन् । त्यसै गरी दोश्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसुंग ओभेन जितेका छन् ।

तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर जितेका छन् । विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकको द्धिविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । 
 
यही पुस २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो।

ईभीको उपयोग गर्ने ग्राहकबाट मिलेको बहुपक्षीय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उनीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको टाटा मोटर्सका ग्राहक सेवा तर्फबाट रन्धिरकुमार चौधरी तथा सिप्रदीका ग्राहक सेवा प्रमुख कुमार भण्डारीले बताए ।

ईभी र ईभी चलाउँदा जान्नु पर्ने विभिन्न कुराहरु छलफलसँगै दक्षिण एसियाकै पहिलो नैकापस्थित ईभी लर्निङ्ग सेन्टरको पनि भ्रमण गराए । हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो ।

नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारीसमेत गराएको छ ।

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ