arrow

युद्धपोत पल्टिँदा ३१ नाविक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
thailand-navy-sink.jpg

काठमाडौं। थाइल्याण्डको खाडीमा आएको आँधीमा १०० भन्दा बढी चालक दल बोकेको एक युद्धपोत पल्टिँदा ३१ जना नाविक बेपत्ता भएको थाई नौसेनाले जनाएको छ। आइतबार राति पानीले बाढी आएपछि एचटीएमएएस सुखोताई युद्धपोत डुबेको थियो।

अधिकारीहरूले सोमबार उनीहरूले ७५ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको तर, अझैं ३१ जना हराइरहेका बताएका छन्।

नौसेनाका प्रवक्ताले बीबीसीसँग बोल्दै  'खोजी गर्न थालेको १२ घण्टाभन्दा बढी भइसक्यो तर हामी खोजिरहनेछौँ,' भनेका छन्।

खोजी टोलीहरूले बाँचेकाहरुको खोजी गर्न रातभर काम गरेको र सोमबार पनि अपरेसन जारी रहेको नौसेनाले जनाएको छ । उनीहरुले विपद्को कारणबारे छानबिन गर्ने घोषणा पनि गरेका छन्।

नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्थर्डपलिनले बीबीसीलाई भनेका छन्,'हाम्रो सेनाको इतिहासमा यो लगभग कहिल्यै भएको थिएन, विशेष गरी अझै सक्रिय प्रयोगमा रहेको जहाजमा।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ