arrow

देउवासँग गगन नै भिड्ने लगभग पक्का, टुङ्गो लगाउँदै शेखर–गगन पक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
congress-shekhar-gagan samuha.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगनकुमार थापा उम्मेदवार बन्ने लगभग पक्का भएको छ । बिहान बसेको पदाधिकारी बैठकले संस्थापनइतर पक्षबाट गगन थापालाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ । 

डा. शेखर कोइराला पनि संसदीय दलको नेतामा इच्छित भएपछि बिहानसम्म संस्थापनइतर पक्षमा अलमल देखिएको थियो । तर पदाधिकारीहरुबीचको छलफलमा सहमति बनेसँगै अब डा. कोइराला नै गगनको प्रस्तावक बन्ने बुझिएको छ । 

अहिले संस्थापन इतर पक्षका नेताहरु सामूहिक छलफलमा छन् । त्यहाँ शेखर पक्षका सबैजसो पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । 

योसँगै गगनको भिडन्त सभापतिसमेत रहेका शेरबहादुर देउवासँग हुनेछ । देउवासँग बहुमत देखिए पनि गगन थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने आँकलनसमेत भइरहेको छ । 

कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् । उम्मेदवारी दिउँसो दर्ता हुनेछ भने भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ