arrow

रुसको दक्षिणी क्षेत्रमा चार वटा अमेरिकी क्षेप्यास्त्र खसालेको मास्कोको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
harm-missile.jpg

काठमाडौं । मास्कोले सोमबार युक्रेनको सिमानामा रहेको दक्षिणी रुसी क्षेत्रमा उसको वायु रक्षा प्रणालीले अमेरिकी निर्मित चार वटा क्षेप्यास्त्र खसालेको छ दाबी गरेको छ। १० महिनाअघि युक्रेनमा युद्ध सुरु गरेयता रुसले पहिलो पटक अमेरिकी निर्मित क्षेप्यास्त्र खसालेको दाबी गरेको हो ।

'चार अमेरिकी 'एचएआरएम' एन्टि राडार मिसाइलहरू बेल्गोरोड क्षेत्रको आकाशमा खसालिएको थियो,' रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा एक वक्तव्यमा भनेको छ । यो क्षेत्रलाई युक्रेनी हमलाहरूले नियमित रूपमा प्रभावित गरेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

अमेरिकी वायुसेनाका अनुसार एचएआरएम मिसाइलहरूको दायरा ४८ किलोमिटर भन्दा बढी रहेको छ र रडार सुसज्जित वायु रक्षा प्रणालीहरूको  'खोजी र नष्ट' गर्न सक्ने क्षमताका रहेका छन् ।

यी मिसाइलहरू पहिलो पटक किभको सोभियत युगको युद्धका विमानहरूबाट प्रयोग गर्न सकिने गरी सन् १९८४ मा तैनाथ गरिएको थियो । 

पश्चिमले युक्रेनलाई रुस विरुद्धको युद्धमा सहयोग पुर्‍याउन हतियार उपलब्ध गराउँदै आएको छ, जसले क्रेमलिनलाई धेरै तनावपूर्ण स्थितिमा धकेलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ