arrow

गगनले उम्मेदवारी दर्ता गर्दै, प्रस्तावक शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
gagan-2079-09-05.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापा उम्मेदवारी दर्ता गराउन जाँदैछन् । संस्थापनइतर समूहबाट उनी उम्मेदवारी दर्ता गर्दैछन् । उनको उम्मेदवारीको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् । 

त्यसैगरी समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । करिब तीन दर्जन सांसदहरुसहित गगन उम्मेदवारी दर्ता गर्न जाँदैछन् । 

संस्थापन पक्षबाट भने सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी पर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ