arrow

चीनमा कागतीको माग चर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
china-lemon-covid-19.jpg

काठमाडौं । कोभिड-१९को संक्रमण बढ्दै जाँदा प्राकृतिक उपचारतर्फ लागेकाले चीनका कागती किसानहरूको लागि व्यापार अचानक बढ्दै गएको छ।

'बजारमा धेरै माग चर्किएको छ,' वेन भनिने एक किसानले बताएका छन् । चीनको ७० प्रतिशत फल उत्पादन गर्ने दक्षिणपश्चिमी प्रान्त सिचुआनको काउन्टी एन्युएमा करिब १३० एकड (५३ हेक्टर) जमीनमा कागती फल्छ । 

अघिल्लो साता मात्रै ५ देखि ६ टनको तुलनामा गत साता दैनिक २० देखि ३० टन बिक्री भएको उनले बताएका छन् । कागतीको मागको बृद्धि बेइजिङ र सांघाई जस्ता शहरहरूबाट आइरहेको वेनको भनाइ छ । जहाँ मानिसहरू महामारीविरूद्धको पछिल्लो लडाईमा आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन सीमा धेरै हुने कागती किन्न थालेको देखिन्छ। 

रुघाखोकी र फ्लूको औषधिको अभाव हुँदा विगत तीन वर्षदेखि जारी शून्य कोभिड नीतिहरूबाट सरकारको आकस्मिक परिवर्तनले मानिसहरुलाई सामान्य स्थिती अनुरुप बाँच्न कति जटिल भइरहेको छ भन्ने कुरा यसले झल्काएको देखिन्छ।

'विगत चार–पाँच दिनमा कागतीको मूल्य दोब्बर भएको छ,' लिउ यान्जिङ नाम गरेका एन्युएका अर्का किसानले भनेका छन्। लिउले देशभरबाट आउने अर्डरको सामना गर्न दिनको १४ घण्टा काम गरिरहेको बताएका छन्।

माग बढ्नुअघि कागतीको मूल्य प्रति आधा किलोको २ वा ३ युआन वा लगभग ३० देखि ४० अमेरिकी सेन्टमा थियो। अहिले माग बढेसँगै यसको मूल्य ६ युआन पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ