arrow

रुसले युक्रेनमा सैन्य क्षमता बढाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । रुसले युक्रेनमा आफ्नो सैन्य क्षमता बढाउने भएको छ । रुसी रक्षा मन्त्रालयको बैठकमा उक्त प्रस्ताव उठेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सैन्य क्षमताको थप विकास गर्ने बताए। पुटिनले आणविक हतियारको लडाई तयारी बढाउने बताए । 

रुसी रक्षा मन्त्री सर्गेई शोइगूले रुसी सशस्त्र बलको सङ्ख्या बढाएर १० लाख सैनिक पुर्‍याउने प्रस्ताव गरेका छन् । रक्षामन्त्रीले राखेको प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहमति जनाएका छन् । अर्थात् आगामी दिनमा रुसी सैनिकको सङ्ख्या बढ्नेछ ।

बैठकमा पुटिनले भने, ‘सशस्त्र बल र हाम्रा सशस्त्र बलको लडाई क्षमता दिनानुदिन बढिरहेको छ । र पक्कै पनि हामी यो प्रक्रिया अगाडि बढ्उछौं। आज हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको पूर्ण दायरा कार्यान्वयन गर्नु हो ।

उनले सेनालाई आणविक युद्धको तयारी कायम राख्न र विकास गर्न आदेश दिए। रुसी राष्ट्रपतिले नयाँ जिरकोन हाइपरसोनिक क्रुज मिसाइलको पनि उल्लेख गरेका छन् । जुन रुसी सेनाले जनवरीदेखि प्रयोग गर्न सक्नेछ।

उनले रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले लैजाने सबै योजना पूरा गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ