arrow

पुटिनले भने- हामी युद्ध अन्त्य गर्न चाहन्छौँ

रुस- युक्रेन युद्ध अन्त्य गर्ने पुटिनको इच्छा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
putin- TASS HOST PHOTO AGENCY.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग जारी युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् ।   रुसले युक्रेनमा आफ्नो सैन्य क्षमता बढाउने बताएका पुटिनले भोलिपल्ट युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामी युद्ध अन्त्य गर्न चाहन्छौँ ।' पुटिनले युक्रेनसँगको यो युद्ध जतिसक्दो चाँडो अन्त्य गर्नु एउटै उद्देश्य रहेको बताए ।

फेब्रुअरीदेखि चलिरहेको रुस–युक्रेन युद्ध भएको १० महिना पुगेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की अमेरिका भ्रमणमा रहेका बेला पुटिनको भनाइ आएको हो ।

पुटिनले रक्षा मन्त्रालयले युक्रेनमा विशेष सैन्य अपरेशनको समयमा आफ्नो कार्यको आलोचना गर्न आवश्यक रहेको र हालैको परिचालन अभियानले विशेष समस्याहरूलाई हाइलाइट गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ