arrow

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
taga-sipradii-mega-service-camp-2022.jpg

काठमाडौँ। टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ।

यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौँ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसै गरी , बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरू पोखरा, इटहरी , मेची, वीरगन्ज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगन्जमा रहेका छन्।

यस क्याम्पमा  टाटाका  "पेसेन्जर" श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढङ्गले आवश्यक  जाँच गरिने छ। यस्तो जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरू प्राप्त गर्ने सक्ने छन्। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि:शुल्क प्रदान गरिनेछ। यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।

"हाल नेपालमा टाटाका  पेसेन्जर" श्रेणीका गाडीहरू बजार द्रुत गतिमा विस्तार भइरहेको छ। यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको हो," कम्पनी बत्ताउँदछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ