arrow

गगन–शेखर पक्ष गम्भीर छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
congress-shekhar-gagan samuha.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चलचित्रको शैलीमा केही समयमात्र बाँकी छँदा एकाएक शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन टुटेपछि नेपाली कांग्रेसको संस्थापनइतरको गगन–शेखर समूह गम्भीर छलफलमा बस्दैछ । 

काठमाडौंस्थित बाँसबारीको एउटा होटलमा दिँउसो ३ बजे गगन–शेखर समूहको भेला डाकिएको छ । उक्त भेलामा सो समूह निकटका पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरुलगायत काठमाडौंमा उपलब्ध प्रदेशका नेताहरुसमेत सहभागी हुने बताइएको छ । 

उक्त भेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएको अक्षमता सम्बन्धमा गम्भीर छलफल गरिने भएको छ । एक केन्द्रीय सदस्यका अनुसार उक्त भेलामा पछिल्लो समय सत्ता परिवर्तनका क्रममा भएका सबै खेल र अबको दिशाबारेमा छलफल हुनेछ । 

उनले भने, ‘जसरी सत्तागठबन्धन, स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेश सभाको निर्वाचन हुँदा पार्टीमा छलफल नै नगरी अन्य दलसँग एकलौटी ढंगले सहकार्य गरियो त्यसरी नै अहिले गठबन्धन टुटेर सत्ता बाहिर बस्नुपर्दाको जिम्मेवारी नेतृत्वले लिने बारेमै छलफल हुन्छ । पदाधिकारीलाईसमेत खबर नगरी आफ्नो समूहका भाइभारदार राखेर गरिएको सहमति टुटेपछि नेतृत्वमाथि प्रश्न खडा भएको छ । यसबारे गम्भीर छलफल गर्छौं ।’

उनले थप आक्रोश हुँदै भने, ‘पटक पटक कम्युनिष्ट दलहरुसँग सहकार्य नगरौं भन्दासमेत बेवास्ता गर्ने, कम्युनिष्ट उम्मेदवारलाई भोट नहाल्दा र सहयोग नगर्दा पार्टीबाट कारबाही गर्ने अनि अहिले त्यसको जश लिएर नेतृत्वले किन राजीनामा नगर्ने ?’

ती नेताका अनुसार आजको भेलाले विशेष महाधिवेशनको मागसमेत गर्न सक्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ