arrow

महामन्त्रीद्वयको अठोट

नेतृत्वबाट अपमानित भएर पोखरा आएको बताउँदै गगनले भने- कांग्रेस फेरि उठ्छ

शर्माले भने- डन्ट वरी, हामी छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
gagan-bishwaprakash.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकै मञ्चमा देखिएका छन् । कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री द्वयले हिजोको घटनालाई पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सम्झिएका छन् । महामन्त्री थापाले हिजोको घटना 'स्नेक ग्याम' जस्तै ९९ पुग्दै गर्दा एकै चोटि तल झरे जस्तो भएको बताएका छन् । 

पोखरामा पुगेका महामन्त्री थापाले आफू दिनभर सभापति शेरबहादुर देउवाको फोन आउला भनेर पर्खिएर बसेको सुनाए । उनले भने,' म हिजो फोन खोलेर पार्टी सभापतिको कल मलाई कति खेर आउँछ भनेर कुरेर बसेको थिए । म कांग्रेसको महामन्त्री हुँ । म अहिले सांसद पनि हुँ । र पार्टीको विधानको हिसाबले दुई जना महामन्त्री संसदीय दलको पदेन सदस्य हौँ ।' 

थापाले पार्टी सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भनेको समाचारमा पढेको सुनाए । उनले भने,' त्यो पार्टी भित्र म पनि पर्छु । हिजो भएको छलफल निवासमा भएको छलफल हो । घरमा नबोलाई पनि जाने कुरा भएन । म बोलाइनेमा पर्छु भनेर कुरेर बसे ।' 

उनले आफू पोखराको कार्यक्रममा अपमानित भएर पुगेको बताए । थापाले थपे,' त्यसैले म यहाँ आउँदै गर्दा अपमानित भएर आउँदै गरेको हुँ ।' 

उनले कांग्रेस पार्टीलाई पुन जागरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,' नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ । कां‌ग्रेसलाई पुनः प्रतिष्ठा र गौरव लायक पार्टी बनाइन्छ । म नेपाली कांग्रेस पार्टीलाई सुदृढ कसरी गर्ने, शुद्ध, सबल कसरी बनाउने त्यस विषयमा सोची रहेका छौं । हारजित प्रकरणको कुरा एकै छिन आयो सकियो ।' 

त्यस्तै अर्का महामन्त्री शर्माले आफू जितेर, हारेर आएको मान्छे भएको सुनाए । 'सबैभन्दा बढी सिट ल्याए पनि एमबाप्पे जस्तो बन्नु परेको छ । पद अर्केले लग्यो ।' 

कांग्रेसले अबको पाँच वर्षपछि सरकारको नेतृत्व गर्ने उनले बताए । शर्माले भने,' देशभरबाट साथीहरूले भएको के हो भनेर सोध्दा मैले भने - डन्ट वरी, हामी छौं' 

उनले थपे,' जब केही भत्कन्छ तब निर्माणको प्रक्रिया पनि शुरु हुन्छ । यो नेपाली कांग्रेसका लागि टर्निङ पोन्ट हो । जे जस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ । हामी विश्लेषण गरेर यात्रा तय गर्नेछौँ ।' 

कांग्रेस संसदीय दलको नेतामा थापा उठ्दा शर्मा समर्थक बनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ