arrow

बोको हरामका एक सय बढी लडाकु मारिए, दर्जनौँ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
map-nigeria.png.png

लागोस । नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन् । 

बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन् । 

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौं लडाका मारिएका, केही जीवित लडाका मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को  कारबाहीमा उनीहरूपनि मारिएका उनले बताए । दर्जनौँको अवस्था गम्भीर छ । 

सैनिक कारबाही सफल भएको तथा एक सयभन्दा बढी आतङ्ककारीलाई निष्प्रभावी गरिएको सैनिक प्रवक्ताले दाबी गरेका छन् । सेनाको यो कारबाहीले चाडपर्वको याम र आगामी आम निर्वाचनमा निर्दोष नागरिकमाथि आक्रमण गर्ने बोको हरामको क्षमतालाई क्षीण पारिएको पनि उनले बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ