arrow

भारत, जापान, मलेसिया र अमेरिकाले चीनबाट आउनेविरूद्ध बनायो कडा नियम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
china-lemon-covid-19.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट त्यहाँ जाने यात्रुहरूमा नयाँ यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

कोरोना भाइरसको संक्रमण सम्बन्धी बेइजिङको पारदर्शी तथ्यांकको अभावका कारण अमेरिकाले यस्तो कदम चाल्ने भएको बताइएको छ ।

चीनमा चलिरहेको कोभिड-१९ प्रकोपको वृद्धि र पीसीआरबाट रिपोर्ट गरिएको भाइरल जीनोमिक अनुक्रम डाटा सहित पारदर्शी तथ्यांकको अभावमा अन्तर्राष्ट्रिय समुदायमा बढ्दो चिन्ता भएको अधिकारीहरुले जनाएका छन् ।

रोयटर्सका अनुसार हालै जापान, भारत र मलेसियाले पनि चीनबाट आउने यात्रुहरूका लागि नियमहरू बनाउने घोषणा गरेका छन् ।

मलेसियाले थप ट्र्याकिङ र निगरानीका उपायहरू बढाउने भनेको छ भने जापानले आगमनका लागि कोभिड१९को नेगेटिभ रिपोर्ट आवश्यक पर्ने जनाएको छ ।

जी न्युजले जनाए अनुसार भारतको स्वास्थ्य मन्त्रालयले केही देशहरूबाट आउने यात्रुहरूले अनिवार्यरुपमा कोभिड१९को परीक्षण गर्नु पर्ने र अन्तर्राष्ट्रिय यात्रुहरूको दुई प्रतिशतले भारतीय एयरपोर्टहरूमा अनियमित नमूना परीक्षणहरू पेश गर्नुपर्ने बताएको छ ।

करिब डेढ अर्ब जनसंख्या रहेको चीनमा कोभिड-१९ सम्बन्धीका नियमहरु खुकुलो गरेपछि बढेको कोरोना भाइरसको संक्रमणपछि चीनबाट भ्रमण गर्नेहरुविरुद्ध यस्ता नयाँ नियम लागु हुने भएका हुन् ।

चीनमा बढ्दो संक्रमणको स्थितीले स्वास्थ्य विशेषज्ञहरू, बासिन्दाहरू र अन्तर्राष्ट्रिय समुदायहरूमा बेइजिङको सरकारी तथ्याङ्कको बारेमा शंका उत्पन्न गरेको छ। बेइजिङले कयौं कोरोना भाइरसबाट संक्रमित र ज्यान गुमाउनेहरुको तथ्यांक लुकाएको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ