arrow

अर्ध नारीश्वर शिव

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ पुष १४ बिहिबार
shiva-shakti11.jpg

नारद ऋषि शिवजीका लीलाका बारेमा ज्ञाता थिए । उनी एक पटक पर्वतराज हिमालयको निवास स्थानमा गए । उनी आएको देखेर हिमालय खुशी भए । 

उनले पत्नी सहित आदरले नारदलाई प्रणाम गरे, पूजा गरे । त्यसै मौकामा उनले आफ्नी छोरी पार्वतीलाई पनि नारदलाई प्रणाम गर्न लगाए ।

पर्वतराजले बडो आदरसँग आफ्नी छोरीको जन्म पत्रिका अध्ययन गरेर सबै कुरा बताई दिन नारद ऋषिलाई आग्रह गरे । उनको आग्रह अनुसार नारदले पार्वतीको जन्मपत्रिका अध्ययन गरेर भविष्यमा हुने सबै कुरा बताइ दिए । 

उनले पार्वतीको विवाह हुने तर यो भेट दुवैको पुनर्मिलन हुने तर उनको पति बिना आमा बाबुका, उनी निर्गुण र नग्न हुने, भेष मङ्गलदायी नहुने, पार्वती सबैलाई माया गर्ने र हरदम शिवजीको काखमा बस्ने हुनाले शिवजीलाई अर्ध नारीश्वर भन्न थालिने जस्ता कुरा बताउँदै सती देवीको पूर्व जन्मको वृत्तान्त समेत बताए । 

उनलाई शिवजीको बारेमा थाहा त थियो तर निमित्त जस्तो भएर यी कुराहरू बताएका हुन् । उनको कुरा पार्वतीले सुनिरहेकी थिइन् । उनी मनमनै हर्षित थिइन् ।
 
नारदको भविष्यवाणी सुनेर मैना र पर्वतराज हिमालय खिन्न भए । उनले पर्वतराजलाई अव पनि पार्वती ती शिवजीकै काखमा बस्नेछिन् भन्दै भविष्यवाणी गरेर आफू स्वर्गतिर गए ।  (सङ्कलित)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ