arrow

बेइजिङले भन्यो- चिनियाँ यात्रुमाथि कोरोना प्रतिबन्ध लगाउनु 'भेदभावपूर्ण'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
china-travel-covid-19.jpg

काठमाडौं । धेरै देशहरूले बढ्दो कोरोना भाइरसको संक्रमणका बीच चीनबाट यात्रा गर्ने मानिसहरूमा कोभिड-१९ परीक्षणको आवश्यकता नियम लागू गरेपछि बेइजिङले यसको आलोचना गरेको छ ।

चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सले यो कदम भेदभावपूर्ण भएको भन्दै आलोचना गरेको हो ।

डिसेम्बर ७ मा बेइजिङले सबैजसो शून्य कोभिड नीतिहरू खारेज गरेको थियो । त्यसपछि त्यसअघि नै बढ्दो सङ्क्रमणको लहरले चीनमा झनै गति लियो । 

यस्तै चीनले हालै  विदेशी यात्रुहरूमाथि लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा पनि गरेको छ । यसअघि करिब तीन वर्षका लागि सीमा बन्द रहेको थियो ।

अहिले चिनियाँ नागरिकहरू अब, विश्वभर भ्रमण गर्न सक्ने भएसँगै दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानले चीनबाट आएका यात्रुहरूलाई अनिवार्य रूपमा कोरोना भाइरसको सङ्क्रमण परीक्षणको नेगेटिभ टेस्ट रिपोर्ट आवश्यक पर्ने नीति अँगालेका छन् ।

'वास्तविक मनसाय चीनको तीन वर्षको कोभिड-१९ नियन्त्रण प्रयासलाई तोडफोड गर्ने र देशको प्रणालीमा आक्रमण गर्ने हो,' ग्लोबल टाइम्सले बिहीबार प्रकाशित एक लेखमा प्रतिबन्धहरूलाई 'निराधार' र 'भेदभावपूर्ण' भन्दै लेखेको छ ।

चीनले जनवरी ८ बाट आफ्नो देशमा आउने यात्रुहरूलाई क्वारेनटाइनमा जान आवश्यक पर्ने नीति हटाउँदै छ। तर यसले अझै पनि प्रस्थान गर्नु अघि ४८ घण्टा भित्र पीसीआर परीक्षणको नतिजा नेगेटिभ भने मागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ