arrow

चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाइ सन्देश बोकेर गए दूतावासका प्रतिनिधि छिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
prachanda-chinese-representative.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो । 

चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ