arrow

चीनले अमेरिकी राजदूत गाङलाई बनायो विदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
qin-gang-chinese-foreign-minister.jpg

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र एवं सहयोगी चिङ ग्याङलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेको राज्य प्रशारित रेडियोले शुक्रबार जनाएको छ।

५६ वर्षीय चिङ हाल संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत रहेका छन् । यीनले विगत एक दशकदेखि विदेशमन्त्री रहेका वाङ यीलाई प्रतिस्थापन गर्ने भएका हुन् ।

वाङलाई गत अक्टोबरमा कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा बढुवा गरिएको थियो र उनले विदेश नीतिमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विदेश मन्त्रालयमा उदाउँदो ताराका रुपमा चिङले मन्त्रालयको प्रवक्ताको रूपमा र बेलायतमा चिनियाँ दूतावासमा लगायतका विभिन्न पदहरुमा जिम्मेवारी निभाइसकेका छन् ।

उनले सन् २०१४ देखि २०१८ सम्म सीको प्रमुख प्रोटोकल अफिसरको रूपमा काम गरेका थिए ।

चिङ संयुक्त राज्य अमेरिकाका लागि चीनको ११औँ राजदूतको रूपमा आफ्नो नियुक्तिपछि  १७ महिनापछि वासिङ्टनबाट बेइजिङ फर्कनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ