arrow

दुई सय अर्ब डलर सम्पत्ती गुमाउने इतिहासकै पहिलो व्यक्ति एलन मस्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
elon-musk-starlink.jfif

काठमाडौं ।  एलोन मस्क मानव इतिहासमै दुई सय अर्ब अमेरिकी डलर सम्पत्ती गुमाउने पहिलो व्यक्ति बनेको ब्लूमबर्गको अर्बपती सुचकांकले देखाएको छ ।

सन् २०२१ को जनवरीमा दुई सय अर्ब सम्पत्तीको आंकडा नाघ्नेमा एलन मस्क अमेजनका मालिक जेफ बेजोस पछि दोस्रो व्यक्ति बनेका थिए ।

हालैका हप्ताहरूमा टेस्लाको शेयर घटेपछि एलन मस्कको सम्पत्ति १३७ अर्ब डलरमा झरेको छ । डिसेम्बर २७ मा मात्र टेस्लाको सेयरमा ११ प्रतिशतको ठूलो गिरावट आएको थियो ।

टेस्लाले संयुक्त राज्य अमेरिकामा उपभोक्ताहरूलाई आफ्ना दुई उच्च भोल्युमका कार मोडेलहरूमा ७ हजार ५ सय अमेरिकी डलर छुट दिँदै छ भने, यसले आफ्नो सांघाई प्लान्टमा पनि उत्पादन घटाएको बताइएको छ।

मस्कको सम्पत्ति नोभेम्बर २०२१ मा ३४० अर्ब डलर पुगेको थियो। यसपछि उनी एक वर्षभन्दा बढी समयसम्म विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। 

त्यसपछि उनलाई यस महिना फ्रान्सेली व्यवसायी र लक्जरी सामान पावरहाउस एलभीएमएचका सह संस्थापक बर्नार्ड अर्नाल्टले पछि पारेका थिए।

मस्कले गत अक्टोबरको अन्त्यमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म ट्विटर किनेका थिए । आफ्नो ट्विटर खरिद कभर गर्न मद्दतको लागि मस्कले टेस्लामा आफ्नो महत्त्वपूर्ण हिस्सेदारी सेयर बेचेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ