arrow

खुला सीमा र युरो अँगाल्दै क्रोएसिया पूर्णरुपमा ईयूमा समाहित, बन्यो शेन्जेन मुलुक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
croatia-eu-senzen.jpg

काठमाडौं । सन् २०१३ मा युरोपेली युनियन (ईयू) मा प्रवेश गरेको लगभग एक दशकपछि क्रोएसियाले युरोलाई मुद्राका रुपमा अँगाल्दै र खुला सीमा लागु गर्दै पूर्णरुपमा ईयूमा समावेश भएको छ। क्रोएसियाका प्रधानमन्त्रीले आफ्नो देशको लागि यी दुवै चरणहरु 'ऐतिहासिक क्षण' भएको भन्दै खुशी मनाएका छन्।

आइतबार बाल्कन मूलुक क्रोएसियाले आफ्नो देशको मुद्रा कुनालाई बिदाइ गर्दै यस्तो गर्ने युरोजोनको २० औं सदस्य बनेको हो । यस बाहेक क्रोएसिया अब पासपोर्ट नचाहिने शेन्जेन क्षेत्रको २७ औं देश बनेको छ। पासपोर्ट बिना नै आवतजावत गर्न सकिने संसारको सबैभन्दा ठूलो युरोपेली शेन्जेन क्षेत्रमा २० करोड मानिस बिना पासपोर्ट यी २७ ओटै मुलुकमा आवतजावत गर्न सक्छन् ।

'यो नयाँ शुरुआतको सिजन हो र युरोपमा कुनै ठाउँ छैन जहाँ यो यहाँ क्रोएसिया भन्दा बढी सत्य हो,' ईयूकी प्रमुख उर्सुला भोन डेर लेयनले यस अवसरमा क्रोएसिया आइपुगेको बताउँदै ट्वीट गरेकी छिन् ।

ईयूकी प्रमुख उर्सुला भोन डेर लेयनले पहिलो पटक क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक र स्लोभेनियाका राष्ट्रपति नतासा पिर्क मुसारलाई ईयू सदस्य स्लोभेनियासँगको सीमानामा भेट गरिन् ।

क्रोएसिया स्लोभेनियाबीचको सीमा ब्रेगाना क्रसिङमा संयुक्त पत्रकार सम्मेलनको क्रममा भोन डेर लेनले ईयुको नयाँ सदस्यको लागि दुई ठूलो उपलब्धिको प्रशंसा गरिन्।

क्रोएसियाका प्रधानमन्त्री प्लेन्कोभिकले यो ऐतिहासिक क्षण भएकोमा खुशी व्यक्त गरे । सन् १९९० को दशकमा स्वतन्त्रताको युद्ध लडेको पूर्व युगोस्लाभ गणतन्त्र क्रोएसियाले आफ्नो रणनीतिक लक्ष्यहरू हासिल गरेको उनले बताए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वभर मुद्रास्फीति बढिरहेको बेला क्रोएसियाको अर्थतन्त्रलाई जोगाउन युरोको प्रयोगले सहयोग पुग्ने विज्ञहरुको भनाइ छ ।

क्रोएसियालीहरूले सीमा नियन्त्रणको अन्त्य हुँदै शेन्जेनको खुला सीमाको स्वागत गरेका छन् । केही नागरिकहरु युरो अँगालेसँगै दैनिक जीवनयापनको खर्च बढ्नेमा चिन्तित पनि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ