arrow

सिक्लेसमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
Suraj Gurung.jpg

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको आगलागीमा परी निधन भएको छ । 

गएराति करिब ९ बजे मादीको सिक्लेसस्थित दुई वटा घरमा आगलागी हुँदा सो आगलागीमा परी गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगलागीबाट गुरुङ र छिमेकी टौराज गुरुङको घर पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए ।

आगलागीको कारण खुल्न नसकेको क्षतिको विवरण भने आउन बाँकी प्रहरीले जनाएको छ । 

गुरुङको शवलाई पोखरामा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइसकिएको प्रहरी निरीक्षक खड्काले बताए । 

वडाध्यक्ष देवीजंग गुरुङका अनुसार निवर्तमान वडाध्यक्ष गुरुङकी श्रीमतीको गत वर्ष निधन भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् । उनी घरमा एक्लै बस्दै आएका थिए । 

यसैबीच निवर्तमान वडाध्यक्ष गुरुङको निधनप्रति वर्तमान वडाध्यक्ष देवीजंग गुरुङले दुःख व्यक्त गरेका छन् । उनले गुरुङको निधनसंगै वडावासीले एक असल अभिभावक गुमाएको भन्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ