arrow

युक्रेनी हमलामा ६३ रुसी सेनाको ज्यान गयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर – फाइल ।

मास्को । पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ । 

युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको छ । 

‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १० इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो’, युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने । 

युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ , ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो ।’

पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ