arrow

मेक्सिकोमा पहिलो महिला प्रधानन्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
mexico-judge.jpg

मेक्सिको ।  मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ  ।

 मेक्सिकोको अखबार रिफार्माले  जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई  पछिपार्दै सो परिणाम निकालेकी हुन् ।  
 
विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । 

उनले भनिन् - म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं।
हर्नान्डेजलाई सन्  २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ