arrow

अमेरिका सभामुख विहीन: फेरि हारे केभिन म्याकार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
Kevin-McCarthy-republican.jpg

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस प्रतिनिधिमा बहुमत पाएको रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीले सभामुखको मतदान फेरि असफलता हात पारेका छन् ।

प्रतिनिधिसभा सभामुख चयन गर्न असफल भएसँगै अमेरिकी संसद् दोस्रो दिनका लागि समेत सभामुख विहीन भएको छ । यसअघि सन् १९२३ मा मात्रै अमेरिका सभामुख विहीन भएको थियो ।

बुधवारको छैटौँ चरणको मतदानमा म्याककार्थीका चरम दक्षिणपन्थी विपक्षीले विपक्षमै मत हाल्न जारी राखेका हुन् ।

म्याककार्थीलाई सभामुख हुन आवश्यक २१८ मतमध्ये २०१ मत मात्रै प्राप्त भयो । २० दक्षिणपन्थी रिपब्लिकनहरूले अर्का प्रतिद्वन्द्वी बायरन डोनाल्ड्सलाई मत हाले ।

उता, डेमोक्र्याटहरू भने आफ्नो उम्मेदवार हाकिम जेफ्रीसकै समर्थनमा छन्, उनले २१२ मत पाए । सभामुख चयनमा अबको स्थिति कस्तो बन्छ भन्ने कुरा आउँदो छलफल, प्रतिस्पर्धा र मतदानले देखाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ