arrow

पोखरामा करेन्ट लागेर श्रम गुरुङको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
current-socked.png

पोखरा । पोखराको माथिल्लो दीपमा आज बिहान करेन्ट लागेर एक किशोरको ज्यान गएको छ। ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा नं. १ माथिल्लो दीप का १९ वर्षका श्रम गुरुङ रहेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर गुरुङको मृत्यु भएको हो ।

साढे दुई तलाको घरको छतमा जानेक्रममा करेन्ट लागेर गुरुङ गम्भीर घाइते भएका थिए । 

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ