arrow

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि पुरै परिवारको हत्या

logo
रासस-एपी
प्रकाशित २०७९ पुष २२ शुक्रबार
hatya-murder.jpg

एनेक। श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् ।

श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । 

साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन ।

यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ