arrow

झगडा युवतीको विषयमा, ज्यान गयो वृद्धको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
killed-butwal-yamprasad-nepal.jpg

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपमा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । 

उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ