वासिङ्टन। अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ। लामो गतिरोधपछि शनिवार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो। क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औँ चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हुन्।
यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो। कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणाम विहीन मतदानपछि यो नतिजा आएको हो।
डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए।