arrow

सात रेक्टर स्केलको भूकम्प, डरले घर छाडेर भागे गाउँले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
earthquake-final.jpeg

भानुआटु । प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतबार अबेर राति ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।  

भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । 

भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए । 

भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ