arrow

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, तीन मन्त्री नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
Khagraj cm.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराएका हुन् । 

त्यसअघि प्रदेश प्रमुख गुरुङलेअधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।  अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

मुख्मन्त्री अधिकारीले शपथग्रहणसंगै तीन सदस्यीय मन्त्री मण्डल विस्तार गरेका छन् । शुरुआती चरणमा सत्ता साझेदार तीन पार्टीका एक-एक जना सांसदलाई मुख्यमन्त्री अधिकारीले मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त हुनेमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले छन् । 

मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । पूर्व आन्तरिक मामिला मन्त्रीसमेत रहेका चुमान पुनः प्रदेशको गृहमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

मुख्यमन्त्री अधिकारीले आफ्नो मन्त्रीमण्डल निकै सानो बनाउने उद्घोष गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ