arrow

चन्द्रागिरी केबलकारमा ‘केबलकार उद्धार अभ्यास' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
chandragiri-army-rescue.jpg

काठमाडौं । केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरुलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरुप नेपाली सेनाले चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा 'केबलकार उद्धार अभ्यास' संचालन गरेको छ । 

विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरुलाई हाइलाइन रेस्क्यु तरिका डोरीबाट सुरक्षित तवरले जमीनमा उतार्ने अभ्यासको दौरान नेपाली सेनाका उद्धारकर्ताहरु र चन्द्रागिरी हिल्स्का  उद्धार टोलीले उक्त केबलकारसँग रहेका उद्धार सामग्रीहरु र नेपाली सेनासँग रहेका उद्धार सामग्रीहरुको प्रयोग गरी अभ्यास संचालन गरेको हो । 

उद्धारकर्ताहरुबाट घाइते तथा सद्दे मानिसलाई विभिन्‍न तरिकाले जमीनमा उतार्ने अभ्यासहरु गरिएको थियो ।

उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद व्यवस्थापन शिक्षालय, नं १ विपद व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृत सहितको टोली सहभागी भएको थियो । 

उक्त अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदमबहादुर बुढा लगायतको उपस्थिति थियो ।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास संचालनको लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने विश्वास लिइएको चन्द्रागिरी हिल्स् तथा नेपाली सेनाले विश्वास लिएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ