arrow

राष्ट्रपतिले लुगामै पिसाब फेरेको भिडियो भाइरल, पत्रकार पक्राउ

साउथ सुडानका राष्ट्रपतिले पाइन्टमै पिसाब फेरेको भिडियो भाइरल भएपछि पत्रकार गिरफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
south-sudan-president-wet-himself.jpg

काठमाडौं । साउथ अथवा दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले आफ्नै पाइन्टमा पिसाब फेरेको भिडियो प्रसारणको विषयमा ६ जना पत्रकारहरूलाई पक्राउ गरिएको मिडिया अधिकारकर्मी समूहले बताएका छन् ।

डिसेम्बर महिनामा सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा राष्ट्रपति किरले एक समारोहमा राष्ट्रिय गान बज्दै गर्दा शरीर मै पिसाब गरिरहेको देखिएको थियो ।

त्यस विषयमा गत हप्ता राज्य प्रसारकका ६ जना कर्मचारीलाई हिरासतमा राखिएको हो । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिले उनीहरूको रिहाइको माग गरेको छ ।

साउथ सुडान युनियन अफ जर्नलिस्टका अध्यक्ष प्याट्रिक ओएटले पत्रकारहरूलाई राष्ट्रपति आफैले पिसाब गरेको भिडियो कसरी बाहिर आयो भन्ने बारे जानकारी भएको शङ्का गरिएको रोयटर्सलाई बताएका छन् ।

साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेसनले उक्त फुटेज कहिल्यै प्रसारण नभएको बताएको छ।

 

भिडियो:

यो गिरफ्तार 'अधिकारीहरूले कभरेजलाई प्रतिकूल ठान्दा सुरक्षाकर्मीहरूले मनमानी नजरबन्दमा राख्ने ढाँचासँग मेल खान्छ', भन्दै सीपीजेको उप सहारा अफ्रिका प्रतिनिधि मुथोकी मुमोले उनीहरूको बिना शर्त रिहाइको लागि आह्वान गरेका छन् ।

दक्षिण सुडानका सूचना मन्त्री माइकल माकुईले भ्वाइस अफ अमेरिका रेडियोलाई पत्रकारहरूलाई किन हिरासतमा लिइयो भन्ने जान्न मानिसहरूले पर्खनु पर्ने बताएका छन् ।

७१ वर्षीय राष्ट्रपती कीर सन् २०११ मा अफ्रिकाको सबैभन्दा नयाँ देश दक्षिण सुडानका पहिलो राष्ट्रपति बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ