arrow

कांग्रेस निर्णय: महामन्त्रीद्वय लगायत चार नेताको लिखित असहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
gagan-bishwaprakash.jpeg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा मत राखेका थिए। त्यसैगरि अर्जुन नरसिंह केसी र बलबहादुर केसीले  पनि विश्वासको मत दिन नहुने पक्षमा आफ्नो मत राखेका थिए।

सोमबार बसेको पदाधिकारी बैठकमा सभापति देउवाले सरकारलाई विश्वासको मत दिने बताएपछि महामन्त्रीद्वयले कार्यसम्पादन समितीको बैठक बोलाउन माग गरेका थिए।

कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि महान्त्रीद्वयले लिखित असहमति जनाएका थिए। त्यसैगरि अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि उक्त निर्णयमा लिखित असहमति राखेका थिए।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा पार्टीका नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह अर्जुन नरसिंह केसी, प्रदीप पौडेलको फरक मत ।

१. हाम्रो संविधानले परिकल्पना गरेको शासकीय स्वरूप बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो।नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै यसलाई आफ्नो राजनीतिक दृष्टिकोणका रूपमा लिँदै यसका लागि सङ्घर्ष गर्दै आएको छ। यो प्रणालीको ध्येय र संसद्को गरिमा जोगाउनु हाम्रो पार्टीको कर्तव्य हो, जिम्मेवारी हो। यसका लागि सदनमा सशक्त प्रतिपक्ष आवश्यक छ। सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भूमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन। संविधानले नै यस्तो अभ्यासको परिकल्पना गरेको छैन।यो राजनीतिक, संवैधानिक, व्यवहारिक र नैतिक दृष्टिकोणले पनि अस्वाभाविक छ। 

२. यति वेला नेपाली कांग्रेस सदनको ठूलो दल हो। ठूलो दलले सरकारको नेतृत्वको दावी स्वाभाविक थियो। तर अहिले चुनाव लगत्तैको यो सरकार गठन हुँदा ठूलो दल सरकार बाहिर छ। संविधानको धारा ७६(२) अनुसार नै दोस्रो दलको समर्थनमा तेस्रो दलको नेतृत्वमा सरकार बनिसकेको छ। कांग्रेसले यो अवस्थाको सही विश्लेषण गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो। अहिले संविधान निर्माणका वेलाको जस्तो विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो वृहत् राष्ट्रिय सहमति आवश्यक भएको अवस्था पनि होइन।न त अहिले सरकारलाई विश्वासको सङ्कट नै परेको अवस्था छ। यो अवस्थामा आफ्नै नेतृत्वमा बनेको संविधान र लोकतन्त्रको रक्षार्थ तथा सरकारलाई जनताप्रति जबाफदेही र जिम्मेवार बनाउन कांग्रेसले संसद्मा प्रतिपक्षी भूमिकालाई नै सशक्त र रचनात्मक बनाउनुपर्छ। आगामी दिनमा कुनै पनि वेला सरकारमा विश्वासको सटक उत्पन्न भई संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको अवस्थामा भने कांग्रेस यो व्यवस्था र संविधानको रक्षार्थ संविधान बमोजिमका विकल्प दिनका लागि तयार हुनुपर्छ। अहिले कांग्रेसले लिने निर्णयले यो भूमिका निर्वाह गर्न कदाचित अप्ठ्यारो पार्दैन।

३. उपरोक्त आधार र कारणसहित अहिलेको अवस्थामा नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने पक्षमा निर्णय गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ।  

२०७९ पौष २६



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ