arrow

पासपोर्टमा नेपालको हविगत

यी हुन् २०२३ का शक्तिशाली पासपोर्ट, नेपाल कमजोर १० भित्र

यी हुन् २०२३ का शक्तिशाल पासपोर्ट, नेपालको भने कमजोर १०३ औं स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
henly-passport-index-passport.jpg

काठमाडौं । हेन्लीले सार्वजनिक गरेको पासपोर्ट सुचकांकका अनुसार विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ । 

यस्तै दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया, तेस्रोमा जमर्नी र स्पेन, चौंथोमा फिनल्याण्ड, इटाली र लक्जमबगै र पाँचौंमा अष्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन रहेका छन् ।

नेपाल भने, १०३ औं स्थानमा रहेको छ । यस्तै अमेरिका ७ औं स्थानमा, चीन ६६ औं स्थानमा र  भारत ८५ औं स्थानमा रहेका छन् । नेपाल भन्दा अगाडि १०२ औं नम्बरमा रहेको किम जोङ उनको उत्तर कोरियाको पासपोर्टले ४० देशमा प्रवेश गर्न सकिन्छ ।

कुन देशको पासपोर्टले बिना भिसा टिकट मात्रै काटेर कति देशमा जान सकिन्छ भन्ने आधारमा हेन्लीले पासपोर्टको सुचकांक तयार पार्छ ।

एक नम्बरमा रहेको जापानको पासपोर्ट हुनेहरुले १९३ वटा देशमा बिना भिसा टिकट मात्रै काटेर प्रवेश गर्न पाउँछन् । यस्तै दोस्रो नम्बरका देशहरुले १९२ वटा देशमा बिना भिसा टिकट मात्रै काटेर जान पाउँछन् भने, तेस्रो नम्बरका देशले १९०, चौंथोमा रहेका देशहरुले १८९ र पाँचौं स्थानका देशको पासपोर्ट हुनेहरु १८८ वटा देशमा बिना भिसा टिकट मात्र काटेर प्रवेश गर्न पाउँछन् ।

नेपालको पासपोर्ट हुनेहरुले केवल ३८ देशहरुमा मात्रै बिना भिसा टिकट मात्र काटेर प्रवेश गर्न पाउँछ । 

सुचकांकको अन्तमा रहने पाँच देशहरुमा १०५ औं स्थानमा रहेको यमनको पासपोर्टले ३४ देशमा जान सकिन्छ ।

यस्तै १०६ औं स्थानको पाकिस्तानको पासपोर्टले ३२ देश, १०७ औं स्थानको सिरियाको पासपोर्टले ३०, १०८ औं स्थानको इराकको पासपोर्टले २९ र १०९ औं स्थानमा रहेको अफगानिस्तानको पासपोर्टले २७ देशमा बिना भिसा टिकट मात्रै काटेर प्रवेश गर्न सकिन्छ । 

३८ देश जान सकिने नेपालको पासपोर्ट पुछारबाट ८ औं स्थानमा र शक्तिशालीमध्येबाट १०३ औं स्थानमा रहेको हो । शक्तिशाली १० देशको पासपोर्ट र कमजोर १० देशको पासपोर्टको सुचिमा पारेर हेर्ने हो भने, नेपाल सबैभन्दा कमजोर पासपोर्ट हुने १० देशको सुचिमा परेको हो ।

सुचि:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ